मन्थली नगरपालिकाभित्र लागेको आगो निभाउन सकिरहेका छैनौः नगरप्रमुख बस्नेत



२५ चैत, रामेछाप ।
मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले केही दिन अघिबाट नगरपालिकाको विभिन्न वन जंगलमा लागेको आगो नियन्त्रण बाहिर गएको बताएका छन् । उनले आगो नियन्त्रणको लागि प्रयास गर्दा पनि सफल हुन नसकिरहेको बताउदै एक पटक धेरै ठाउँमा आगोलागी हुँदा थप चुनौती थपिएको बताएका हुन् ।

आगो नियन्त्रणको लागि मन्थली नगरपालिकाले दमकलको प्रयोग गरेपनि भौगोलिक कठिनाइकोे कारण सोचेजस्तो गरी परिचालन गर्न नसकिएको बताउदै नगर प्रमुख बस्नेतले सुख्खा क्षेत्रमा आगो फैलिदा अधिकाशं बन जंगलमा ठूलो क्षति भएको बताए ।

‘आगो नियन्त्रण गर्न प्रयास सफल हुन सकेको छैन, कही कतै पनि आगोको कारण जनधनको क्षति हुन नदिने अहिले पनि तयारी अवस्थामा बसेका छौ, सुरक्षा निकायसँग समन्वय गरेर काम गरिरहेका छौ’, उनले भने ।

मन्थली नगरपालिका–५ सुनारपानीको जंगलमा लागेको आगो नियन्त्रणमा आएपनि मन्थली नगरपालिका–६ भलाजोर प्याउलीघारी सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन् । अहिले मन्थली नगरपालिका–१ र रामेछाप नगरपालिका–८ स्थिति डुम्रेखर्कमा लागेको आगो नियन्त्रण बाहिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्