सुनापति गाउँपालिकाको पाँच वटै वडा कार्यालयकाे भवन बन्यो



२६ चैत, रामेछाप ।
सुनापति गाउँपालिकाको पाँच वटै वडा कार्यालयको कार्यालय भवन निर्माण भएको छ । गाउँपालिकाको लगानीमा पाँच वटै वडा कार्यालय भवन निर्माण सम्पन्न भएको हो । सुनापती गाउँपालिका–१ गुन्सीमा नयाँ वडा कार्यालयको भवन निर्माण भएर सञ्चालनमा आएको छ भने वडा नम्बर २ दिमीपोखरीमा पनि नयाँ वडा कार्यालय निर्माण भएको छ ।

त्यसैगरी वडा नम्बर ३ हिलेदेवीको पनि वडा कार्यालय निर्माण गरिएको छ । वडा नम्बर ४ बेथानको यसअघि भएको भवनलाई स्तरउन्नती गरेर सञ्चालनमा ल्याइएको छ भने वडा नम्बर ५ खनियापानीको रुपाकोटमा नयाँ भवन निर्माण गरेर सञ्चालनमा ल्याइएको छ ।

सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लले गाउँपालिकाको प्रशासनिक भवनको निर्माण कार्य तीब्र गतिमा अगाडि बढिरहेको बताउदै पाँच वटै वडा कार्यालय भवन निर्माणको काम सम्पन्न भएर सञ्चालनमा आएको बताए । उनले भने गाउँपालिकाको संस्थागत संरचनाहरु निर्माण हुनु सुखद विषय भएको बताए ।
वडा नम्बर २ दिमीपोखरीका वडाअध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता कमल केसीले गाउँपालिकाभित्र पाँच वटै वडा कार्यालय भवन आफ्नै भवनबाट सञ्चालन भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्