रामेछाप आएकै दिन मन्त्री रायमाझीको सांसद पद खोसियो



२६ चैत, काठमाडौं ।
नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार नेताका सांसद र मन्त्री पद खोसिएको छ । पार्टीले सरकारबाट फिर्ता आउन र स्पष्टिकरण दिन गरेको निर्देशनलाई अटेर गरेपछि माओवादीले चार सांसदको पद खोस्ने निर्णय गरेको थियो । उक्त निर्णय संसद सचिवालयमा बुझाएसँगै सरकारमा सहभागी मन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी मन्त्री र सांसद दुबै पदबाट पदमुक्त भएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले निर्वाचित अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको जानकारी गराए । उक्त जानकारी गराउदा मन्त्री रायमाझी भने रामेछाप सुनापति गाउँ कमिटीद्धारा आयोजित सभालाई हिलेदवीमा सम्बोधन गरिरहेका थिए । मन्त्री रायमाझी हेलिकोप्टर चार्टर गरेर हिउसो सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवी आएका थिए ।

प्रतिक्रिया दिनुहोस्