अनेरास्ववियुका नेता कार्कीद्धारा विद्यार्थीलाई कपडा वितरण



२७ चैत, रामेछाप ।
अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य सदस्य सुजन कार्कीले विद्यार्थीहरुको लागि टयाकसुट र टिसर्ट वितरण गरेका छन् । गोकुलगंगा गाउँपालिका–१ चुचुरेस्थित शिव आधारभुत विद्यालयमा अध्ययनरत १४५ जना विद्यार्थीहरुलाई निशुल्क रुपमा कपडा वितरण गरेका हुन् ।

विद्यालयको २९ औ बार्षिकउत्सवको अवसरमा कार्कीले कक्षा १ देखि ८ सम्म अध्ययनर विद्यार्थीहरुलाई कपडा वितरण गरेपछि विद्यार्थीहरु खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्