एमाले रामेछापले बोलायो जनप्रतिनिधिहरुको भेला



२९ चैत, रामेछाप ।
नेकपा एमाले रामेछापले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको भेला बोलाएको छ । अहिलेको राष्ट्रिय राजनीतिक र पार्टीबाट निर्वाचित जनप्रतिनिहरुले खेल्नु पर्ने भूमिकाको विषयमा निर्देशन दिए पार्टीले जनप्रतिनिधिहरुको भेला बोलाएको हो ।

पार्टीभित्र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले देशभर समानान्तर गतिविधि सञ्चालन गरेपछि केपी शर्मा ओली नेतृत्वको नेकपाले जिल्लामा संगठानिक गतिविधिलाई आक्रमक ढंगले अगाडि बढाएको छ । जिल्लाको सबै स्थानीय कमिटीदेखि वडा तहसम्म पार्टी कार्यालय स्थापना गरेर सञ्चालनमा ल्याएको एमालेले टोलटोलमा पुग्ने अभियानमा रहेको छ ।

अहिलेको राजनीतिक घटनाक्रममा जनप्रतिनिधिहरुले खेल्नु पर्ने भूमिकाको बारेमा थप धारणा तय गर्न जनप्रतिनिधिहरुको भेला बोलाइएका एमाले रामेछापका सचिव पुरुषोत्तम कडेरियाले जानकारी दिए । उनका अनुसार भेलामा स्थानीय तहका प्रमुख एवं कार्यपालिकाका सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख एवं सदस्यहरु, प्रदेश सांसद, जिल्ला सचिवालयका सदस्यहरु र पालिका कमिटीका पदाधिकाहरुको सहभागीता हुनेछ ।
बागमती प्रदेश कमिटीका सह–इन्चार्ज शेरबहादुर तामाङ र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सम्बोधन गर्ने भेलामा करिब ८० जना भन्दा बढीको सहभागीता हुनेछ । सचिव कडेरियाका अनुसार भेलामा स्थानीय तह सम्बन्धी बिज्ञबाट अभिमुखिकरण र घोषणापत्रको समिक्षा कार्यक्रम पनि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्