रामेछापभित्र भइरहेका विकास निर्माणको अनुमगनमा मन्त्री ढुंगेल (फोटोफिचर)



३० चैत, रामेछाप ।
रामेछाप जिल्लाभित्र भइरहेका विकास निर्माणको कामको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले स्थलगत अनुगमन गरेका छन् । उनले प्रदेश सरकारबाट सञ्चालित विकास निर्माणको कामहरुको अनुगमन गरेका हुन् ।

गत विहिवार सुनापति गाउँपालिकाबाट सुरु भएको विकास निर्माणको अनुगमन र जनतासँगको साक्षात्कारसँगै पार्टीको सभामा सहभागी हुँदै आइतवार मन्त्री ढुंगेल गोगुलगंगा गाउँपालिकाको चुचुरे पुगेका छन् । शुक्रवार र शनिवार मन्थली नगरपालिकाभित्र सञ्चालित विकास निर्माणको अनुमगन गर्दै जनताको सुझाव लिएका उनले आइतवार गोगुगंगा गाउँपालिकामा नवनिर्मित शारदा माविको विद्यालय भवनको उदघाटन गरेका छन् । एमालेका नेता समेत रहेका मन्त्री ढुंगेलले अनुगमनको साथै पार्टीद्धारा आयोजित सभा र भेलालाई पनि एक साथ अगाडि बढाएका छन् ।

प्रदेश सरकारले रामेछाप जिल्लाको विकासको लागि सक्दो बजेट विनियोजन गरेको बताउदै विकास निर्माणको काम दिगो र गुणस्तरीय हुनुपर्नेमा मन्त्री ढुंगेलले जोड दिएका छन् । ठाउँठाउँमा सडक निर्माणमा देखिएको त्रुटी सच्याउनको लागि उनले सरोकारवाला निकायका प्रमुखलाई टेलिफोनबाटै निर्देशन समेत दिएका छन् । प्रदेश सरकारले सदरमुकाम मन्थलीलाई केन्द्र बनाएर सबै स्थानीय तहको केन्द्रसम्म पुग्ने सडकलाई कालोपत्रे गर्ने काम अगाडि बढाएको छ ।

हाल प्रदेश सरकारको पहलमा मुख्य सडकहरु धमाधम कालोपत्रे भइरहेको छ । मन्त्री ढुंगेलले तोकिएको समयभित्र विकास निर्माणको काम सम्पन्न गर्न निर्देशन दिदै ढिलासुस्ती स्वकार्य नहुने बताए । ‘जिल्लाभित्र सञ्चालित पूर्वाधार निर्माणको लागि बजेटको अभाव हुन दिन्न’, उनले भने,‘विकास निर्माणको काम गुणस्तरीय र समयसीमाभित्र सम्पन्न हुनुपर्छ ।’ प्रदेश सरकारबाट मात्रै रामेछापमा झण्डै तीन दर्जन सडकको कालोपत्रे सुरु भएको छ ।

आफूले जिल्लाको विकासको लागि योजना बनाएरै काम गरिरहेको बताउदै विकास निर्माणको काममा जनताले पनि चासो देखाउन जरुरी रहेको बताए । गाउँघरमा भइरहेका विकास निर्माणको कामको बारेमा चासो राख्नु हरेक नागरिकहरुको कर्तव्य भएको बताउदै नागरिकहरु थप सचेत हुन आवश्यक रहेकोमा उनले जोड दिए ।

तीन दिनको अवधिमा मन्त्री ढुंगेलले सुनापति गाउँपालिका, खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका, लिखु तामाकोसी गाउँपालिका र गोकुलगंगा गाउँपालिकाभित्र सञ्चालित विकास निर्माणको कामको अनुमगन गरेका छन् । उनले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार नै काम अगाडि बढाएको बताउदै जिल्लाको थप विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा जनतासँग सुझाव समेत मागेका छन् ।

मन्त्री ढुंगेलले खिम्ती फर्पु नामाडी बेताली गज्याङ हुँदै चुचुरेसम्म जोडन कालोपत्रे सडकको अनुमगन गरेका छन् । त्यसैगरी मन्थली सानिमदौ राल्टार सालु कालोपत्रे सडकको अनुमगन गर्नुको साथै रणजोर खोलामा निर्माणाधिन पुलको समेत अवलोकन गरेका छन् ।

त्यसैगरी मन्थली नगरपालिका–३ को खानेपानी आयोजन शिलान्यास, रामेछाप पोलिटेक्निकल इन्टिच्युट मन्थलीको तरकारी खेतीको अवलोकन, मन्थली नगरपालिका–१ सानिमदौमा निर्माण हुन लागेको पर्यटकीय पार्क अवलोकन गरेका छन् । मन्त्री ढुंगेलले जिल्ल समन्वय समिति रामेछापको पाँचौ जिल्ला सभालाई समेत सम्बोधन गरेका छन् । गृह जिल्लाको गाउँगाउँमा पुगेर जनताको गुनासो सुन्ने र सुझाव लिएर अगाडि बढने बताउदै उनले निर्वाचनमा जनताले दिएको विश्वासलाई कायमै राखेर अगाडि बढाए ।

प्रतिक्रिया दिनुहोस्