महिलामाथि जबरजस्ती करणी गरेर भागेका खाँडादेवी गाउँपालिकाका श्रेष्ठ भक्तपुरबाट पक्राउ



३० चैत, रामेछाप ।
महिलामाथि जबरजस्ती करणी गरेर भागेका खाँडादेवी गाउँपालिका–१ राकाथुम स्थित धारापानीका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गाउँकै एक महिलामाथि घरमा कोही पनि नभएको मौका छोपेर जबरजस्ती करणी गरेर कसैलाई भने ज्यान नै मारिदिने धम्की दिएर भागेका राकाथुम धारापानीका ५० बर्षिय तेज बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

गत माघ २ गते श्रेष्ठले घरमा कोही पनि नभएको मौका छोपेर मुख थुनेर कराइस भने ज्यान नै मारिदिने धम्की दिदै जबरजस्ती करणी गरेको अभियानमा श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए । उनका अनुसार पीडितले उजुरी दिए लगत्तैबाट श्रेष्ठको खोजी गर्ने क्रममा जिल्ला प्रहरी रामेछापबाट खटिएको टोलीले आइतवार भक्तपुरबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्