मन्थलीमै बालिका बलत्कृत, २५ बर्षिय युवक पक्राउ



३१ चैत, रामेछाप ।
रामेछापमा केहीदिन यता महिलामाथि बलात्कारको घटना बढेको छ । एक साताको अवधिमा मात्र चार वटा भन्दा जबरजस्तीको घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरिसकेको छ । महिलामाथि जबरजस्ती करणीको घटनाले चिन्ता थपिरहेको बेला आज फेरि सदरमुकाम मन्थलीमै एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २५ बर्षिय युवकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ ।

पीडित बालिकाको परिवारले दिएको उजुरीको आधारमा जबरजस्ती करणी गर्ने दोलखा जिरी नगरपालिका–२ घर भइ हाल मन्थली नगरपालिका–१ मा बस्ने टेक बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले पक्राउ परेका बिकमाथि अनुसन्धान अगाडि बढाइएको रामेछाप न्युजलाई बताए ।

उनका अनुसार बिकले बालिकालाई ललाइ फकाई प्रलोभनमा पारेर जबरजस्ती गरेको कुरा थाहा पाएपछि पीडित परिवारले प्रहरीलाई उजुरी दिएका थिए । उजुरी पर्ना साथ पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्