गाउँपालिकाभित्र यस बर्ष दुई हजार जनालाई रोजगारी दिन्छौः अध्यक्ष तामाङ



१ वैशाख, रामेछाप ।
खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङले यस आर्थिक बर्ष गाउँपालिकाले दुई हजार जनालाई रोजगारी दिने बताएका छन् । उनले गाउँघरमै रोजगार सृजना गर्ने कार्यक्रम बनाएको बताउदै प्रधानमन्त्री रोजगार कार्यक्रम सहित गाउँपालिकाले तय गरेको कार्यक्रमबाट दुई हजार जनालाई रोजगारी दिने बताएका हुन् ।

अध्यक्ष तामाङले गत बर्ष पन्ध्र सय जनालाई रोजगारी दिएकोमा यस बर्ष रोजगारी सृजनाको कार्यक्रमलाई प्राथमिकता दिएको बताए । कृषि क्षेत्रमा रोजगारीको कार्यक्रम सञ्चालन गरिएको बताउदै सडक निर्माणमा पनि रोजगारी सृजना गरिएको उनले बताए ।

गाउँपालिकाभित्र सञ्चालित पूर्वाधार निर्माणको कामबाट पनि गाउँघरमै रोजगार पाउने अवसर सृजना भएको बताउदै अध्यक्ष तामाङले भने,‘स्वरोजार बन्नको लागि योजना सहित आए गाउँपालिकाले सहयोग गर्छ ।’

प्रतिक्रिया दिनुहोस्