चुल्होबाट आगो सल्किदा दोरम्बा गाउँपालिकामा दुई वटा घर क्षणभरमै खरानी



३ चैत, रामेछाप ।
दोरम्बा गाउँपालिका–२ दोरम्बास्थित ओख्रनीमा चुल्होबाट आगो सल्किदा दुई घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । आज बिहान घरको चुल्होमा बालिएको आगो सल्किदा दोरम्बा ओख्रेनीको तुलसी नेपाली र सन्त माया नेपालीको ढुंगो माटोले बनेको तले कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । उक्त घरमा लागेको आगो प्रहरी चौकी दोरम्बाबाट खटिएका प्रहरी, नयाँ गोरख गणबाट खटिएका नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीमा परी सन्तमाया नेपालीको नगद ६० हजार, भांडाबर्तन ,अन्नपात समेत ११ लाख र सोही घरमा बस्ने (बुहारी)तुलसी नेपालीको नगद पचास हजार भांडाबर्तन ,अन्नपात समेत गरी १ लाख ५० हजार क्षति भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले आगलागीबाट डिक बहादुर नेपालीको पाँच लाख ८० हजार भन्दा बढीको क्षति भएको बताए । उनले चुल्होबाट आगलागी हुँदा दुई घर जलेर नष्ट भएकाले जिल्लावासीलाई सचेत हुन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्