कोराना जितेर पुर्नजन्म पाए,बाँकी जीवन जनताको सेवामा खर्चिन्छुः अध्यक्ष सुनुवार



४ वैशाक, रामेछाप ।
उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले कोरोना भाइरसलाई जितेर आफूले पुर्नजन्म पाएको बताएका छन् । उनले कोरोनासँग निकै ठूलो संघर्ष गरेर आफू बाँच्न सफल भएको बताएका हुन् । उच्च मनोबल, जनताको मायाको र शुभचिन्तक एवं आफन्तको सदभाव र मायाले कोरोनालाई जित्न सफल भएको छु, अध्यक्ष सुनुवारले भने ।

दुई महिनासम्म निकै कठिन परिस्थितिको सामना गरेर बाँच्न सफल भएको बताउदै उनले आफ्नो सम्पूर्ण जीवन जनताको सेवामा खर्चिने बताए । अध्यक्ष सुनुवारले रामेछाप न्युजसँग भने,‘म अस्पतालमा रहदा जनतालाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु, जनतालाई केन्द्रमा राखेर बाँकी कार्यकाल सफल बनाउन चाहन्छु ।’

उनले आफ्नो उपचारको क्रममा उपचारमा संलग्न डाक्टर नर्स, उमाकुण्ड गाउँपालिकावासी नागरिकहरु,गाउँपालिकाका कर्मचारीहरुलाई विशेष धन्यवाद दिए । तपाईहरुको सदभाव, माया प्रेरणा र उत्साहले ढिलै भएपनि मेरो स्वास्थ्यमा सुधार भएकाले काममा फर्किएको छु’, उनले भने,‘जनता सेवा र उमाकुण्ड गाउँपालिकाको समृद्धिको लागि मेरो एक मात्र उदेश्य हो ।’
अध्यक्ष सुनुवारले कोरोना भाइरसलाई ख्यालख्यान नसम्झिना आग्रह गर्दै सरकारले तय गरेको स्वाथ्य मापदण्डलाई कडाईपूर्वक पालना गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्