सुनापति गाउँपालिकामा पहिलो पटक इन्टरनेट सेवा सञ्चालनमा



जीबी लामा
४ बैशाख, रामेछाप ।सुनापति गाउँपालिकामा पहिलो पटक नेपाल टेलिकमले इन्टरनेट सेवा सञ्चालमा ल्याएको छ । सुनापती गाउँपालिका–४ बेथानको वडा कार्यालय र नेपाल टेलिकमबीच भएको समझदारी अनुरुप गाउँपालिकाको डहुमा पहिलो पटक इन्टरनेट सेवा सञ्चालनमा आएको हो ।

सुनापती गाउँपालिका–४ बेथानका वडाअध्यक्ष खड्ग घिसिङले वडा कार्यालय आसपासको क्षेत्रमा पहिलो पटक तारसहितको वाईफाई अर्थात् इन्टेरनेट सेवा सन्चालन आएको बताए ।

उनका अ नुसार वडा कार्यालय आसपासको करिब पच्चीस घरमा नेपाल टेलिकमको एडिएसएल इन्टेरनेट सेवा सन्चालनमा आएको छ । वडाअध्यक्ष घिसिङले आफ्नो चुनावी घोषणा पत्रमा बाचा गरेबमोजिम गाउँमा इन्टरनेट सुविधा सन्चालन गर्न सफल भएको बताए । इन्टरनेट जडानको लागि वडा कार्यालयको करिब तीन लाख खर्च भएको वडाअध्यक्ष घिसिङले बताए ।

गाउँमै इन्टरनेट सेवा सन्चालन भएपछि सस्तो र सहज भएको स्थानीय रोज घिसिङले बताए । इन्टरनेट प्रयोग गरेबापत हाल प्रति लाईन मासिक आठ सय रुपियाँ शुल्क लाग्ने नेपाल टेलिकम रामेछापका प्रमुख विष्णु भण्डारीले रामेछाप न्युजलाई बताए । उनले सेवाग्राहीको माग र चाहना बमोजिम लाईन बिस्तार गर्दै जाने कार्यक्रम रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्