नेकपा एमाले रामेछापको जिल्ला कमिटी ४५१ सदस्यीय बन्दै



४ चैत, रामेछाप ।
नेकपा एमाले रामेछापले ४५१ सदस्यीय जिल्ला अधिवशेन आयोजक कमिटी बनाउने भएको छ । एमाले बागमती प्रदेश कमिटीको सर्कुलर अनुसार जिल्लामा हाल कायम रहेको ६९ सदस्यीय जिल्ला कमिटीसहित ४५१ सदस्यीय बनाउन लागेको हो । एमाले रामेछापले यही वैशाक १३ गतेको लागि जिल्ला कमिटीको बैठक एवं सपथग्रहण कार्यक्रम तय गरेको छ ।

एमाले रामेछापका सचिव पुरुषोत्तम कडरियाले वैशाख १३ गते बस्ने जिल्ला कमिटी बैठकबाट ४५१ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा गरिने रामेछाप न्युजलाई बताए । उनका अनुसार प्रदेश जिल्ला कमिटि स्वतः अधिवशेन आयोजक कमिटीमा रुपान्तरण हुने भएपनि जिल्लामा अध्यक्ष र सचिवले रहने भएको छ ।

प्रतिक्रिया दिनुहोस्