रामेछापमा पार्टीभित्र समानान्तर गतिविधि गर्नेलाई गाउँगाउँबाट लखेटछौः अध्यक्ष श्रेष्ठ (भिडियाेसहित)



४ चैत, काठमाडौं ।
नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले जिल्ला इन्चार्ज देवशंकर पौडेल र नेता शान्ति पौडेललाई मिलेर जान आग्रह गरेका छन् । उनले पार्टीभित्र समानान्तर गतिविधि गरेर कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन नहुने बताउदै मिलेर अगाडि बढन आग्रह गरेका हुन् ।

राजधानीमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले देवशकंर पौडेल र शान्ति पौडेललाई नेता बनाउनको लागि रामेछापका हजारौ कार्यकर्ताको रगत पसिना बगेकाले बाटो नविराई पार्टीमै फर्किन आग्रह गरे । उनले भने,‘हामी मिलेर जाऔ, एकताबद्ध कम्युनिष्ट आन्दोनलाई अगाडि बढाएर जाऔ ।’

तर उनले एमालेलाई भताभुङ बनाएर केही नेताको व्यक्तिगत स्वार्थ पूरा हुन नदिने चेतावनी दिए । समानान्तर गतिविधिमा संलग्न हुने नेतालाई रामेछापको गाउँगाउँबाट लखेटछौ, होइन एमालेलाई बलियो बनाउन लाग्ने हो भने हामी ससम्मान काँधमा बोकेर हिडन तयार छौ, श्रेष्ठले भने ।
काठमाडौंको कोठामा बसेर षडयन्त्र गर्दैमा रामेछापमा एमाले कमजोर नहुने बताउदै उनले भने,‘श्रमजीविको नेता हुँ भनेर केही पनि काम नगरी नेता भन्न लाज लाग्दैन ?’ एमालेको झण्डा ओढेर दुई नम्बरी धन्दा चलाइरहेको आरोप लगाउदै उनले दुई नम्बरी काम गर्नेहरुलाई रामेछापमा खुट्टा टेक्न नदिने गरी अभियान सञ्चालन गरिने बताए ।

https://www.facebook.com/suzan.karki.94/videos/5788553111162735

प्रतिक्रिया दिनुहोस्