बागमती प्रदेश स्तरीय कराँते प्रतियोगीतामा रामेछाप प्रथम, माझी बने उत्कृष्ट खेलाडी



५ वैशाख, काठमाडौं ।
बागमती प्रदेश स्तरीय कराँते प्रतियोगितामा रामेछाप जिल्ला प्रथम हुन सफल भएको छ । प्रतियोगितामा रामेछापले ७ स्वर्ण, २ रजत र ५ कास्य सहित प्रथम हुन सफल भएको छ । बागमती प्रदेशका विभिन्न जिल्लाबाट सहभागी खेलाडीहरुलाई पछि पार्दै रामेछापका खेलाडीहरुले जिल्लालाई प्रथम बनाएका हुन् । प्रतियोगितामा रामेछापकै सरोज माझी उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

शुक्रवार र शनिवार २ दिन सञ्चालन भएको उक्त प्रतियोगितामा बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका खेलाडिहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितमा आयोजक समुह काठमाण्डौले दोस्रो र सरस्वती डोजोले तेस्रो स्थान हासिल गरेका थिए । प्रतियोगितामा २० देखि ६० केजी समुहको छुट्टा छुट्टै प्रतियोगिता गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्