आजबाट रामेछापमा २५ जना भन्दा भेला हुन नपाइने



७ वैशाख, रामेछाप ।
कोरोना भाइरसको सक्रमण दिनप्रतिदिन बढदै गएपछि सरकारले सार्वजनिक स्थाल तथा कार्यक्रममा २५ जना भन्दा भेला हुन रोक लगाउने निर्णय गरेको छ । सरकारको निणर्य अनुसार रामेछाप जिल्लामा पनि अब सार्वजनिक स्थल सभा सम्मेलनमा २५ जना भन्दा बढी भेला हुन नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापले सरकारको निर्णयलाई पूर्ण रुपमा पालना गर्नको लागि जिल्लावासीलाई आग्रह गरेको छ । सरकारले जारी रहेको स्वास्थ्य मापदण्ड पालना गर्नुको अर्को विकल्प नभएको बताउदै रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले कोरोनाबाट बञ्चनको लागि नागरिकहरु नै सचेत हुनुपर्ने बताए । उनले कोरोना संक्रमण फैलिनबाट बच्नको लागि भिडभाड हुने सभा सम्मेलन गर्न नहुनेमा जोड दिए ।

कोरोना भाइरसको संक्रमण विद्यालय जाने बालबालिकालाई धेरै देखिन थालेकाले जोखिम बढेकाले स्थानीय तह थप सचेत हुने बेला आएको प्रजिअ सैजूले बताए । रामेछापमा जिल्ला प्रशासन कार्यालयले भिडभाड हुने गतिविधि नगर्नको लागि आग्रह गरेपनि राजनीतिक दल र स्थानीय तहमा समा सम्मेलन र भिडभाड हुने कार्यक्रम भने यथावत नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्