विभाजन रोक्न ओली–नेपालबीच दुई घण्टा वार्ता



९ वैशाख, काठमाडौं ।
आन्तरिक विवादको कारण पार्टी विभाजनको डिलमा पुगेका बेला एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच अकस्मात भेटवार्ता भएको छ ।होटल मेरियटमा करिब दुई घन्टा नेताद्धयबीच कुराकानी भएको थियो । दुई घण्टा वार्ता गरेपछि निस्किएका नेता नेपालले साथीहरुसँग सल्लाह गरेर मात्रै बोल्ने प्रतिक्रिया दिए ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताइदिएपछि ओली र नेपालबीच यो सम्भवत दोस्रो प्रत्यक्ष भेट थियो । यसअघि उनीहरु धुम्बाराहीस्थित पार्टी कार्यालयमा सामूहिक वार्तामा बसेका थिए । एक्लाएक्लै भेट चाहिँ यो पहिलो हो । माधव नेपालले आफूँ बालुवाटार नजाने अडान लिएपछि नेपाललाई भेटन ओली होटलमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्