युवा संघ रामेछापको इन्चार्जमा खडका, अध्यक्षमा थापामगर



११ वैशाख, रामेछाप ।
रामेछापमा युवा संघमा पनि समानान्तर कमिटी गठन गरेको छ । नेपाल समुहले युवा संघ रामेछापको इन्चार्जमा संगम खडकालाई चयन गरेको छ । त्यसैगरी सह–इन्चार्जमा साजन सिवाकोटीलाई जिम्मेवारी दिएको छ । रामेछापमा सम्पन्न युवा भेलाले दिवस थापामगरको अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

भेलाले पदाधिकारीको पनि चयन गरेको छ । अध्यक्षमा दिवस थापामगर, उपाध्यक्षमा राजेश श्रेष्ठ, सचिवमा प्रदिपकुमार तामाङ, सह–सचिवमा मर्साङ लामा, कोषाध्यक्षमा रोशन लामालाई चयन गरेको छ । ६४ वडाबाट १०१ सदस्यीय जिल्ला कमिटी गठन गरेको युवा संघ नेपालका केन्द्रीय सदस्य ओमराज श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्