तत्काल लकडाउन गर्न सिफारिस



११ वैशाख, काठमाडौं ।
नेपालमा कोरोना संक्रमणको दर ह्वात्तै बढदै जान थालेपछि स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तीमा चार साता लकडाउन गर्नुपर्ने सिफारिस गरेको छ । मन्त्रालयले कोरोनाको अवस्था भयावह बनेको भन्दै यस्तो सिफारिश गरेको हो ।मन्त्रालयको यो सुझाव कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा आए पनि निर्णय भएको छैन ।

मन्त्रालयको सिफारिसपछि आज अपरान्ह ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ ।भारतमा भयावह अवस्था पुगिसकेको भन्दै लापरवाही रोक्न काठमाडौं उपत्यकामा कडा लकडाउन गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको छ । यसबारेमा प्रधानमन्त्रीलाई ब्रिफिङपछि सरकारले आवश्यक निर्णय लिने छ ।

प्रतिक्रिया दिनुहोस्