रामेछापको आठ वटै स्थानीय तहमा नेपाल समुहको समानान्तर कमिटी, तोकिए अध्यक्ष र सचिव (नामावलीसहित)



१२ वैशाख, रामेछाप ।
नेकपा एमाले नेपाल समुहले रामेछाप जिल्लामा जिल्लादेखि स्थानीय तह हुँदै वडासम्म समानान्तर कमिटी बनाएको छ । २४१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको नेपाल समुहले आठ वटै स्थानीय तहमा कमिटी पुर्नगठन गरेको हो ।सात सदस्यीय पदाधिकारी बनाएको नेपाल समुहले आठै वटा स्थानीय कमिटीको अध्यक्ष र सचिवको पनि टुंगो लगाएको छ ।

जस अन्तर्गत सुनापती गाउँ कमिटीको अध्यक्षमा लालसिंह तामाङ, सचिवमा हिमाल ग्याबक, दोरम्बा गाउँ कमिटीमा यस अघि अध्यक्ष रहेका कुमार कंडेललाई नै निरन्तरतता दिएको छ भने सचिवमा रेशम योाञ्जनलाई चयन गरेको छ । त्यसैगरी खाँडादेवी गाउँ कमिटीमा यसअघि संयोजक रहेका जिल्ला कमिटीका सचिव ज्ञान कुमार श्रेष्ठलाई नै निरन्तरता दिएको छ भने सचिवमा युवा संघका नेता तिर्थ श्रेष्ठलाई चयन गरेको छ ।

मन्थली नगरपालिकाको अध्यक्षमा कृष्ण बहादुर थापा र सचिवमा राजु कार्की चयन भएका छन भने रामेछाप नगरपालिकाको अध्यक्षमा होतराज ढकाल र सचिवमा देव बहादुर श्रेष्ठलाई चयन भएका छन् ।

लिखु तामाकोसी गाउँ कमिटीको अध्यक्षमा दुर्गा श्रेष्ठ र सचिवमा काजी बहादुर मगर चयन हुनुको साथै गोकुलगंगा गाउँ कमिटीमा भने यसअघि अध्यक्ष रहेका गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारलाई नै निरन्तरता दिएको छ । गोकुलगंगा गाउँ कमिटीकोे सचिवमा बलराम खड्का चयन भएका छन् ।

त्यसैगरी उमाकुण्ड गाउँकमिटीमा यसअघि संयोजक रहेका गाउँपालिकाका अध्यक्ष शेरबहादुर सनुवारलाई अध्यक्ष बनाएको छ भने सचिवमा विकास बहादुर कार्की चयन भएका छन् ।
एमाले नेपाल समुह रामेछापका सचिव ज्ञान कुमार श्रेष्ठले पार्टी छोडेर गएपछि रिक्त स्थानमा पदपूर्ति मात्र गरिएको बताए । उनका अनुसार पार्टी काममा फर्किएको अवस्थामा पुरानै कमिटीका नेताहरुलाई जिम्मेवारी दिइनेछ । गोेकुलगंगा गाउँपालिकाका अध्यक्ष सुनुवार भने यसअघि केपी शर्मा ओली नेतृत्वको गाउँ कमिटीको बैठकको अध्यक्षता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्