रामेछापमा तत्काल लकडाउन हुँदैनः प्रजिअ सैजू



१३ वैशाख, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैलूले रामेछापमा तत्काल लकडाउन हुने सम्भावना नरहेको बताएका छन् । उनले सरकारले लकडाउनको बारेमा निर्णय नगर्दासम्म जिल्लाभित्र तत्काल लकडाउन नहुने बताएका हुन् ।

प्रजिअ सैजूले रामेछाप न्युजसँग भने,‘कोरोना संक्रमणबाट बञ्चनको लागि नागरिकहरु सचेत हुन जरुरी छ, सबै सचेत र जिम्मेवारी बने मात्र कोरोना संक्रमण जिल्लाभित्र फैलिन पाउदैन ।’
सीमा नाकामा व्यवस्थिति गर्नेदेखि विभिन्न ठाउँमा हेल्प डेक्स राख्ने काम अगाडि बढाइएको बताउदै स्थानीय सरकारसँग समन्वय गरेर कोरोना नियन्त्रणको लागि काम भइरहेको उनले बताए ।

प्रजिअ सैजुले विदेशबाट रामेछाप प्रवेश गर्नेहरुले अनिवार्य रुपमा क्वारेन्टिनमा बस्न निर्देशन दिएको बताए । सरकारले काठमाडौं उपत्यकामा भने वैशाख १६ गतेबाट केही दिनको लागि लडकउन गर्ने गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्