कोरोना रोकथाम र नियन्त्रण गर्न खाँडादेवी गाउँपालिकाको १४ बुँदे निर्णय (सूचनासहित)



१४ वैशाख, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि १४ बुँदे निर्णय गरेको छ । गाउँपालिकाभित्र फैलिन सक्ने सम्भावित संक्रमणलाई फैलिन नदिन विदेशबाट आएका नागरिकहरुलाई सात दिन अनिवार्य रुपमा फेल्फ क्वारेन्टाइनमा बस्नदेखि भिडभाड हुने कुनै पनि गतिविधि नगर्न गाउँपालिकावासीलाई आग्रह गरेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिकाभित्र २५ जना भन्दा बढी भेला हुन नपाउने नियमलाई कडाइपूर्वक कार्यान्वयन गरिने बताए । उनले हाटबजार पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको बताउदै अत्यावश्यक बाहेक घरबाट बाहिर नहिडन पनि आग्रह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्