रामेछापमा प्रहरीको ‘एक्सन’ बढी भाडा लिनेलाई ठाउँको ठाउँ कारवाही



१६ वैशाख, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापले बढी भाडा लिने जम्बो हाईसलाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । पाँच सय भाडा लिनु पर्ने ठाउँमा उक्त हाईसले १४ सय भाडा लिएपछि प्रहरीले यात्रुलाई बढी भाडा फिर्ता गराउदै गाडी चालकलाई कारवाही गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले काठमाडौंबाट दोलखाको मालुखोला आउदै गरेको बा २ ख ९३५३ नम्बरको हायसले बढी भाडा लिएको खबरको आधारमा नियन्त्रणमा लिएर कारवाही गरिएको बताए । उनका अनुसार पाँच सय भाडादर कायम भएपनि दुई जनालाई तीन सय र दुई नालाई चार सयका दलरेले १४ सय भाडा लिएको पाइएपछि सवारी साधनलाई कारवाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्