खाँडादेवी गाउँपालिका प्रवेशमा कडाई गर्ने निर्णय



१६ वैशाख, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रबाट गाउँपालिका प्रवेश गर्नेहरुलाई चेकजाँच गरेर मात्र प्रवेश गर्न दिने भएको छ । गाउँपालिकाले कोरोना संक्रमण फैलिन नदिनको लागि सीमा नाकामा कडाई गर्ने निर्णय गरेको हो ।

तस्बीरः ओमराज श्रेष्ठबाट

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिका प्रवेश गर्ने मुख्य नाका सित्खा, लुभुघाट, गाल्वा र माडीमुहानमा चेकजाँचलाई कडाई गर्ने निर्णय गरेको बताए । उनले भने,‘सीमा नाकामा हेल्प डेक्स राखेर गाउँपालिका प्रवेशमा कडाई गछौं ।’

अध्यक्ष तामाङले राजधानी काठमाडौंसहित विभिन्न देशबाट गाउँपालिका आएका नागरिकहरुलाई १४ दिन होम आइसोलेसमा अनिवार्य रुपमा बस्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्