कोरोनाबाट बच्न सबै जिम्मेवार बनौः सांसद श्रेष्ठ



१८ वैशाख, रामेछाप ।
रामेछापका संघीय सासंसद श्याम कुमार श्रेष्ठले कोरोना संक्रमण हुनुबाट बञ्चनको लागि नागरिहरु बढी जिम्मेवार बन्नु पर्ने बताएका छन् । उनले स्वास्थ्य मापदण्डको पालना गर्दै महामारीबाट बञ्चनको लागि सबैले आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्न आवश्यक रहेको बताएका हुन् ।

सांसद श्रेष्ठले कोरोना भाइरसको दोस्रो लहर नेपालमा तीब्र गतिमा फैलिरहेको बताउदै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरे । कोरोना भाइरस राकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाजस्तो अप्रिय निर्णय कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउदै उनले कोरोना भाइरस परीक्षणलाई तीब्र बनाउन सरकारसँग माग गरे । सांसद श्रेष्ठले भने,‘ कोरोना संक्रमित गम्भीर विरामीको उपचार गर्न, अक्सिजनलगायतका अत्यावश्यक स्वास्थ्य सामाग्रीको व्यवस्था गर्न सरकारसँग माग गर्दछु ।’

उनले रामेछाप जिल्लामा पनि कोरोना संक्रमण फैलिन जोखिम बढी रहेकाले परीक्षणको दायरा बढाउनु पर्ने बताउदै स्वास्थ्यकर्मीको थप व्यवस्था गर्नुपर्ने बताए । महामारीको विरुद्ध अग्रमोर्चामा रहेको चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयम्सेविका मनोबल उच्च बनाउने कार्यमा लाग्नु पर्ने बताउदै सांसद श्रेष्ठले कोरोना नियन्त्रण र रोकथामको लागि नागरिकहरुले पनि ठूलो सहयोगको खाँचो रहेको बताए ।

कोरोना भाइरस रोकथामका लागि सरकारले जारी गरेका नियमहरुको पूर्ण पालना गरी आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्न उनले रामेछापेली जनतासँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्