रामेछापका अभिभावक, प्राजातान्त्रिक आन्दोलनका अगुवा शिव बहादुर खडकाको निधन



१९ वैशाख, काठमाडौं ।नेपाली कांग्रेसका नेता एवं सभासद रामेछापका अभिभावक शिव बहादुर खडका्को असामयिक निधन भएको छ । सुनापति गाउँपालिका–४ बेथान निवासी नेता खडकाको आज बिहान आफ्नै निवास भक्तपुरमा लडेर बेहोस भएपछि नागरिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

रामेछापका पूर्व जिल्ला विकास समितिका सभापति एवं नेपाल विद्यार्थी संघका संस्थापक सदस्य प्राजातान्त्तिक आन्दोलनका अगुवा खड्काको निधनले रामेछापले आफ्नो अभिभावक गुमाएको छ । ७८ बर्षिय खडका २०४६ सालको जनान्दोलन पछि पहिलो रामेछाप जिल्लाका जननिर्वाचित जिल्ला सभापति भएका थिए ।

नेपाली कांग्रेस रामेछापका प्रवक्ता नारायण खडकाले आज बिहान साढे दस बजे खाना खाएर बैठक कक्षमा आराम गर्ने क्रममा लडेर बेहोस भएपछि नागरिकहरु अस्पतालमा उपचारको क्रममा निधन भएको रामेछाप न्युजलाई बताए । उनका अनुसार अहिले स्वर्गीय खड्काको अन्त्यष्टि गर्नको लागि पशुपति लैजाने तयारी भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्