रामेछापमा पनि लकडाउन घोषणा गर्न माग



१९ वैशाख, रामेछाप ।
रामेछाप जिल्लाभित्र कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । जिल्लामा दोस्रो लहर अन्तर्गत एक साताको अवधिमा मात्र ४१ ज्ना संक्रमित भइसकेका छन् । काठमाडौं उपत्यकासहित देशका २२ भन्दा बढी जिल्लामा लकडाउन घोषणा गरिए पनि रामेछापमा भने लकडाउनको घोषणा गरिएको छ । कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि रामेछाप जिल्लामा पनि तत्काल लकडाउन घोषणा गर्न मानव अधिकार संरक्षण सञ्जाल रामेछाप माग गरेको छ ।

सञ्जालका संयोजक पाण्डव प्रसाइले एक विज्ञप्ती जारी गर्दै केही दिनदेखि जिल्लामा कोरोनाको सङ्क्रमण अप्रत्याशित रुपमा बढ्दै गएकाले सरोकारवाला निकायसँग मन्थली लगायतका बजार केन्द्रमा १० देखि १४ दिनसम्म निषेधाज्ञा जारी गरी कोरोना सङ्क्रमणको चेनलाई ब्रेक गर्न माग गरेका छन् ।

संक्रमितको अवस्थालाई हेर्दा रामेछापमा कोभिड समुदायमा फैलिइसकेको उल्लेख गर्दै उनले यस चेनलाई समयमै तोड्न नसके रोग भयावह रुपमा फैलिन सक्ने निश्चित भएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
यस्तो छ सञ्जालको १८ बुँदे माग

प्रतिक्रिया दिनुहोस्