रामेछापमा पनि लकडाउन घोषणा, के खुल्ने के नखुल्ने (सूचनासहित)



१९ वैशाख, रामेछाप ।
रामेछाप जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले सदरमुकाम मन्थलीसहित विभिन्न बजार क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । आज रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षमा बसेको जिल्ला स्तरीय कोभिड (१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले मन्थली नगरपालिका, र गोकुलगंगा गाउँपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

भोली राति १२ बजेदेखि वैशाख २७ गते सम्म लागु हुनेगरी निषेधाज्ञा जारी गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले जानकारी दिए । निषेधाज्ञा अवधिभर अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन, हिडडुल गर्न पूणर् रुपमा रोक लगाइने छ । एम्बुलेन्स, दमकल, शववाहन, खाद्यान्न सामाग्री तथा पशुपञ्छीका दाना, फलफूल तथा तरकारी, दूध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी, ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरु सञ्चालन हुन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्