रामेछापमा लकडाउन कडा हुन्छः प्रजिअ सैजू



२० वैशाख, रामेछाप ।
जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै गएपछि आज रातीबाट लागू हुने गरी जिल्ला प्रशासन कार्यालय रामेछापले सदरमुकाम मन्थलीसहितका बजार क्षेत्रमा निषेधआज्ञा जारी गरेको छ । लकडाउनमा अनावश्यक रुपमा हिडडुल गर्नेमाथि कडा कारवाही गरिने चेतावनी प्रशासनले दिएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले लकडाउनलाई पूर्ण रुपमा पालना गर्न जिल्लावासीलाई आग्रह गरेका छन् । उनले रामेछाप न्युजसँग भने,‘नागरिकको जीवन रक्षा गर्नको लागि निषेधआज्ञा जारी गरिएको हो, निषेधआज्ञलाई ख्यालख्याल नसम्झियो, सबैले आफ्नो जिम्मेवारी पूरा गरौ ।’

बिना काम घरबाट बाहिर ननिस्कन आग्रह गर्दै प्रजिअ सैजूले घरबाट निस्कनु पर्ने अत्यावश्यक कामममा स्वास्थ्य मापण्डको ख्याल गर्न पनि आग्रह गरेका छन् । निषेधआज्ञा अवज्ञा गर्नेलाई छुट दिदैनौ, नागरिकको सहयोगलेबाट मात्र कोरोना विरुद्धको लडाइँ जित्न सकिन्छ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्