रामेछापमा १०१ वटा आइसोलेसन वेड तयारी अवस्थामा, कुन स्थानीय तहमा कति ?



२० वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएपछि एक सय १ वटा आइसोलेसन वेड तयारी अवस्थामा राखिएको छ । संक्रमितको संख्या बढन सक्ने भएकाले जिल्लाका आठ वटै स्थानीय तहले क्वारेन्टिन र आइसोलेसन वेडको संख्या बढाउन लागेका हुन् ।

रामेछाप जिल्लामा हालसम्म एक सय १ वटा आइसोलेसन वेड तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले रामेछाप न्युजलाई बताए । उनका अनुसार अझै स्थानीय तहलाई वेडको संख्या थप्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले पनि क्वारेन्टिन र आइसोलेसन वेडको संख्या तत्काल थप्न आग्रह गरेको छ ।

हालसम्म जिल्ला अस्पताल रामेछापमा १८, प्राथमिक स्वास्थ्य केन्द्र मन्थली १८, मन्थली नगरपालिकामा २०,  उमाकुण्ड गाउँपालिकामा ५, खाँडादेवी गाउँपालिकामा ५, गोकुलगंगा गाउँपालिकामा १०, दोरम्बा गाउँपालिकामा १५  वटा आइसोलेसन वेड रहेका छन् ।

रामेछाप जिल्लामा पछिल्लो लहर अन्तर्गत झण्डै डेढ साताको अवधिमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा हालसम्म २८ सय १० जनाको स्वाब परीक्षण गरिएकोमा २ सय ६७ जनामा कोरोना संक्रमण भएको मध्ये ४२ जनाको हाल आइसोलेसनमा उपचार भइरहेको थापाले जानकारी दिए ।

–१०१ वटा आइसोलेसन वेड हुनुपर्नेमा १०९ हुन पुगेमो सच्याएको छ । –सम्पादक

प्रतिक्रिया दिनुहोस्