रामेछापमा मास्क नलगाई हिडने ४३ जनालाई ठाउँको ठाउँ कारवाही



२१ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा मास्क नलगाइ हिडने ४३ जनालाई पक्राउ गरेर जरिवाना गरिएको छ । कोरोना संक्रमणको जोखिम रहेको बेला पनि मास्क नलगाइ बजार क्षेत्रमा हिडडुल गर्ने ४३ जनालाई प्रहरीले पक्राउ गरेर एक सय रुपैयाँ जरिवाना गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले तीन दिनको अवधिमा बजार क्षेत्रमा मास्क नलगाइ हिडने ४३ जनालाई पक्राउ गरेर जरिवाना गरिएको रामेछाप न्युजलाई बताए ।

जरिवाना गर्नु अघि रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजू र जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज ढुंगाना, मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत सहभागी भएर बजार क्षेत्रमा मास्क खोई अभियान सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्