लकडाउनपछि सुनसान बन्यो रामेछापको सदरमुकाम मन्थली (फोटोफिचर)



२१ वैशाख, रामेछाप ।
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा लकडाउन घोषणा गरेसँग बजार क्षेत्र सुनसान बनेको छ । कोरोना संक्रमण नियन्त्रण र रोकथाम गर्नको लागि जिल्ला प्रशासन कार्यालय रामेछापले हिजो रातीदेखि लकडाउन गरेको हो । आज बिहान बजार क्षेत्रमा खाद्यन्न लगायतका केही पसल मात्र खुलेको छ । अहिले बजार क्षेत्र सुनसान बनेको छ । लकडाउनलाई कडाइ गर्न बजार क्षेत्रमा प्रहरीले सवारी चेकजाँचलाई कडाई गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुंगानाले सीमा नाका सेलेघाटसँगै बजार क्षेत्रमा सवारी चेकजाँचलाई कडाई गरिएको रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्