रामेछापमा लकडाउन उल्लंघन गर्ने १६ सवारी साधन प्रहरीको नियन्त्रणमा



२१ वैशाख, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थलीसहित जिल्लाका विभिन्न बजार क्षेत्रमा गरिएको लकडाउनको पहिलो दिन बजार क्षेत्र सुनसान बनेको छ । लकडाउन कार्यान्वयन गर्नको लागि बिहानैदेखि बजार क्षेत्रमा प्रहरीले चेकजाँचलाई कडाई गरेको छ ।

लकडाउनको उल्लंघन गर्दै सञ्चालन भएका १६ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बजार क्षेत्रको देवकोटा चोक, ट्राफिक चोक, नगरपालिकाको कार्यालय अगाडिको चोक, भैसेश्वरसहित सीमा नाका सेलेघाटमा अनुमति विना सञ्चालन भएका ती सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले अनुमति विना सञ्चालन गरिएका सवारी साधनलाई नियन्त्रणमा लिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्