खाँडादेवी गाउँपालिद्धारा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय



२१ वैशाख, रामेछाप ।
कोरोना संक्रमितको संख्या बढन नदिन खाँडादेवी गाउँपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा आजबाट बन्द गर्ने निर्णय गरेको छ । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले जारी गरेको विज्ञप्तीमा कोरोना नियन्त्रण र रोकथामको लागि गाउँपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको बताइएको छ ।

गाउँपालिकाले एक साताको लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । त्यसैगरी गाउँपालिकाभित्र प्रवेश गर्नको लागि पिसिआर रिपोर्ट अनिवार्य रुपमा हुनुपर्ने नियम लागू गरेको छ ।

प्रतिक्रिया दिनुहोस्