सुनापति गाउँपालिकामा एम्बुलेन्स चाहिए यी नम्बरमा फोन गर्नुहोस् (सम्पर्क नम्बरसहित)



२२ वैशाख, रामेछाप ।
सुनापति गाउँपालिकाभित्र रहेका एम्बुलेन्स र शव वहानलाई तयारी अवस्थामा राखिएको छ । सुनापति गाउँपालिकाभित्र हुन सक्ने सम्भावित कोरोना संक्रमितलाई थप उपचारको लागि अस्पताल लैजानको लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको हो ।

सुनापति गाउँपालिकाभित्र गाउँपालिकाले यसै बर्ष एउटा एम्बुलेन्स र एउटा शव वहान खरिद गरेर रेडक्रस मार्फत सञ्चालनमा ल्याएको छ । त्यसैगरी सुनापति भ्वाँसा च्यारिटी अस्पताल, सहीद गोविन्द प्रतिष्ठान, सुनापती गाउँपालिका–१ गुन्सी हाल एम्लेन्स सञ्चालनमा रहेको छ ।

सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल राज श्रेष्ठले गाउँपालिकाभित्र रहेका एम्बुलेन्स र शव बहानलाई तयारी अवस्थामा राखिएको रामेछाप न्युजलाई बताए । उनका अनुसार आवश्यक परेको अवस्थामा गाउँपालिकाले भाडामा लिएर पनि नागरिकहरुलाई अस्पतालसम्म पुर्याउने दायित्व पूरा गर्ने बताए ।
सुनापति गाउँपालिकामा हाल २७ वटा क्वारिन्ट र सात वटा आइसोलेसन वेड तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्