चुनावमा हारे पनि रामेछापवासी जनताकै सेवामा लागेको छुः तामाङ
२२ वैशाख, काठमाडौं ।
नेपाली कांग्रेसका नेता एंव निर्माण व्यवसायी पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले निर्वाचनमा पराजित भएपछि रामेछापवासी जनताको सेवामा लागि रहेको बताएका छन् । उनले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार जिल्लाका विभिन्न स्थानीय तहलाई हालसम्म एउटा शव बहान र १३ वटा एम्बुलेन्स निशुकल्क रुपैया सहयोग गरेको बताएका हुन् ।
तामाङले भने,‘निर्वाचन अघि तीन वटा एम्बुलेन्स सहयोग गरेको थिए निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार चुनावपछि ११ वटा एम्बुलेन्स निशुल्क रुपमा सहयोग गरेको छु ।’
जिल्लामा दिएको एम्बुलेन्स अहिले पनि निरन्तर रुपमा सञ्चालन भइरहेको बताउदै यसअघिको लकडाउनको अवधिमा एम्बुलेन्सको व्यवस्थापनमा सहयोग गरेको उनले बताए । गत बर्ष व्यक्तिगत रुपमा करिब चालिस लाख भन्दा बढी एम्बुलेन्सको मर्मत सम्भार व्यवस्थापनमा खर्च गरेको बताउदै उनले अहिले देशको विषम परिस्थितिमा माग भएको भएको अवस्थामा पुनः व्यवस्थापनमा सहयोग गर्ने बताए ।
उनले आफ्नो चुनावी प्रतिबद्धता अनुसार अझै पाँच वटा भन्दा बढी एम्बुलेन्स जिल्लामा दिने योजना रहेको बताए । उनका अनुसार भन्सार छुटसहित जिल्लामा पुग्दा एउटा एम्बुलेन्सको साढे दस लाख रुपैयाँ खर्च हुनेछ । गत प्रतिनिधिसभा निर्वाचनमा तामाङ कांग्रेसबाट प्रतिनिधिसभाकाे उम्मेदवार बनेका थिए ।
