रामेछापमा कोरोना नियन्त्रणमा खटिएका प्रहरीको ट्याक्टरको ठक्करबाट मृत्यु, चालक पक्राउ



२२ वैशाख, रामेछाप ।
कोरोना नियन्त्रण र रोकथामको लागि गस्तीमा हिडेका प्रहरी हवल्दारको ट्याक्टरले ठक्कर दिदा मृत्यु भएको छ । हिजो साँझ लिखु तामाकोसी गाउँपालिका–६ खिम्ती प्रहरी कार्यालयबाट गस्तीमा निस्किएको प्रहरीको मोटरसाइकलाई विपरीत दिशाबाट आएको ना ६ त २७७२ नम्बरको ट्याक्टरले ठक्कर दिदा ३६ बर्षिय प्रहरी हवल्दार नन्दलाल सरदारको मृत्यु भएको हो ।

तस्बीरः सागर खडकाबाट

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका हवल्दारको मन्थलीमा रहेको अस्पतालमा प्राथमिक उपचार गरेर थप उपचारको लागि काठमाडौं पठाइएको थियो । तर उपचारको क्रममा प्रहरी अस्पतालमा हवल्दारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । मोटरसाइलकमा सवार प्रहरी हवल्दारको मृत्यु भएपनि उक्त मोटरसाइकलमा पछाडि रहेको प्रहरीको अवस्था भने सामान्य रहेको छ ।

प्रहरीलाई ठक्कर दिएर भागेका ट्याक्टर चालकलाई पनि आज प्रहरीले पक्राउ गरेको छ । फरार रहेका टयाक्टरको चालक दोलखा तामाकोसी गाउँपालिका–५ शहरेका राज खडकालाई आज किर्णे नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछाप प्रवक्ता श्रीशकंर श्रेष्ठले रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्