२७ करोडमा बनेको रामेछाप अस्पतालको नयाँ भवन आईसीयू र भेन्टिलेटरको प्रतिक्षामा (फोटोफिचर)



२३ वैशाख, रामेछाप ।
वीस बर्ष अघि स्थापना भएको जिल्ला अस्पताल रामेछापमा अलिहेसम्म एउटा पनि भेलिन्टर र आईसीयू छैन् । जिल्ला अस्पतालमा विगतको भन्दा अहिले जनशक्ति थपिए पनि आवश्यक स्रोत र साधनको व्यवस्थापन  भने अझै हुन सकिरहेको छैन् । अस्पतालमा करारमा एमबीबीएस डाक्टर रहेपनि विशेषज्ञ डाक्टर पाउनबाट बञ्चित बनेको छ ।

जिल्लाका राजनीतिक नेतृत्वले समयमै ध्यान नदिदा अहिले जिल्लाभित्रका गम्भीर कोरोना संक्रमितहरु कष्टकर रुपमा उपचारको खोजीमा राजधानी काठमाडौं भौतारिए पनि सहज आईसीयू र भेन्टिलेर पाउन सकिरहेका छैनन् ।

अस्पताल भवन निर्माणमा भुकम्पपछिको पुननिर्माणको क्रममा जर्मन संस्था केएफडब्लुको सहयोगमा नयाँ भवन निर्माण बनेको हो ।  जिल्लाकै जेठो अस्पतालको रुपमा पहिचान बनाए पनि सेवा सुविधा प्रवाह भने अझै जेठो हुन सकिरहेको छैन् । जिल्ला अस्पतालको व्यवस्थापन पक्षले धेरै पटक विशषेज्ञसहितको डाक्टरको खोजी गरेपनि एमबीबीस डाक्टर भेटाउनै सास्ती झेल्दै आएको छ । हाल अस्पतालालाइ गत बर्ष १० शैयाबाट स्तरउन्नती गर्दै २५ शैया बनाउने घोषणा गरेको थियो ।

शैया थप्ने निर्णयसँग प्रदेश सरकारको लगानीमा अस्पताल परिसरभित्र २७ करोड लगानीमा नयाँ भवन निर्माण कार्य सम्पन्न भएर हस्तान्तरण हुने चरणमा रहेको छ । ३८ वटा कोठा रहेको क्वार्टरसहितको अस्पताल भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको हो ।

जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनले भवन निर्माणको काम अन्तिम चरणमा रहेको बताए । आवश्यक स्रोत साधन र जनशक्ति भएको अवस्थामा नयाँ भवनबाट पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्न सकिने बताए । उनले रामेछाप न्युजसँग भने,‘आईसीयू र भेन्टिलेर राख्नको लागि प्रदेश सरकारसँग कुरा गरिरहेका छौ, विशेषज्ञ डाक्टर चाहिने भएकाले हामीसँग तत्काल विज्ञषेज्ञ डाक्टरको अभाव छ ।’

प्रतिक्रिया दिनुहोस्