रामेछापमा सिडियो र डिएसपी नै सडकमा (फोटोफिचर)



२५ वैशाख, रामेछाप ।
रामेछापमा जारी लकडाउन थप कडा पारिने भएको छ । बजारवासीले प्रहरीको आँखा छल्दै पसल खोज्ने क्रम बढेपछि रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजू र जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी नवराज ढुंगाना नै सडक अनुगमनमा निस्किएका हुन् ।

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै जिप्रका रामेछापले लकडाउन घोषणा गरेको थियो । लकडानलाई प्रभावकारी बनाउन पास विना सञ्चालन गरिएका सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गर्ने कामलाई प्रहरीले तीब्रता दिएको छ ।

लकडाउनलाई थप प्रभावकारी बनाउन प्रजिअ सैजू र डिएसपी ढुंगाना नै छडके अनुगमनमा निस्किने गरेका छन् । प्रशासनले अनावश्यक काममा घरबाट बाहिर जाने काम गर्न, यदी घरबाट बाहिर निस्कनै पर्ने काम भएअनिवार्य रुपमा मास्क र सेनिटाईजरको प्रयोग गर्नको लागि आग्रह गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्