रामेछाप जिल्लामा पिसिआर मेसिन राख्ने प्रदेश सरकारको निर्णय



स्नेहा सिलवाल
२५ वैशाख, काठमाडाै‌ । बागमती प्रदेश सरकारले पिसिआर मेसिन नभएका जिल्लामा मेसिन खरिद गरेर स्थापना गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै परीक्षणको दायरा बढाउने उदेश्य सहित हाल पिसिआर मेसिन नभएको जिल्लामा मेसिन राख्ने निर्णय गरेको हो ।

बागमती प्रदेशका प्रवक्ता एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशका पिसिआर नभएका जिल्लाहरुमा पिसिआर मेसिन पठाउने निर्णय भएको रामेछाप न्युजलाई बताए । उनले रामेछाप जिल्लामा पनि केही समयभित्र नै पिसिआर मेसिन राखेर सञ्चालनमा ल्याउने बताए । जिल्लामा पिसिआर मेसिन नभएको गुनासो व्यापक बढेपछि प्रदेश सरकारले छिट्टै नै मेसिन खरिद गरेर परीक्षण अगाडि बढाउने भएको छ ।

मन्त्री ढुंगेलले रामेछाप न्युजसँग भने,‘सामाजिक विकास मन्त्रालयले सबै जिल्लामा पिसिआर मेसिन खरिद गर्ने निर्णय गरिसकेको छ, अब प्रक्रिया अगाडि बढाएर यथाधिश्र पिसिआर मेसिन सञ्चालनमा ल्याउछौ ।’

प्रतिक्रिया दिनुहोस्