उमाकुण्ड गाउँपालिकाका अध्यक्ष सुनुवारलाई पितृ शोक



२७ वैशाख, रामेछाप ।
उमाकुण्ड गाउँपालिकाका अध्यक्ष एवं नेकपा एमालेका नेता शेर बहादुर सुनुवारलाई पितृ शोक परेको छ । अध्यक्ष सुनुवारका बुबा रत्न बहादुर सुनुवारका आज राती निधन भएको हो । ८८ बर्षिय सुनुवार दमको रोगी रहनुभएको थियो । स्वर्गीय सुनुवार तत्कालिन प्रिति गाविसका पूर्व अध्यक्ष समेत रहनुभएको थियो ।

सुनुवारको निधन भएकोप्रति नेकपा एमालेका नेताहरुले दुःख व्यक्त गरेका छन् । नेकपा एमालेका अध्यक्ष आनन्द श्रेष्ठले पार्टीले असल अभिभावक गुमाएको बताउदै दुखद घडीमा उहाँप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाुल परिवारजमा संवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्