रामेछापका कोरोना संक्रमित तामाङको अक्सिजन नपाएर ज्यान गयो



२९ वैशाख, काठमाडौं ।
कोरोना संक्रमणको कारण रामेछापका थप एक जनाको निधन भएको छ । दोरम्बा गाउँपालिका–७ लखनपुर निवासी राजु तामाङको वीर अस्पतालमा अक्सिजन नपाएर निधन भएको हो ।

राजधानी काठमाडौंका विभिन्न अस्पतालमा अक्सिजनको लागि हारगुहार गर्दा पनि नपाएपछि तामाङलाई वीर अस्पताल पुर्याएको थियो । तर वीर अस्पतालमा पनि अक्सिजन नपाएपछि उनको हिजो निधन भएको परिवारले बताएको छ । ३२ बर्षिय तामाङ भक्तपुरमा गाडी चलाउने काम गर्दै आएका थिए ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिह मोक्तानले अक्सिजन नपाएर राजु तामाङको निधन भएको रामेछाप न्युजलाई बताए । उनले गाउँपालिकाभित्र कोरोना संक्रमणको दर तीब्र रुपमा बढिरहेकाले सतर्कता अपनाउन पनि गाउँपालिकिावासीलाई आग्रह गरेका छन् । यसअघि दोरम्बा गाउँपालिका–२ दोरम्बाका एकै घरका दुई दाजुभाईको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्