रामेछापमा अक्सिजन प्लान्ट स्थापना गर्न प्रदेश सरकारसँग माग (निर्णयसहित)



२९ वैशाख, रामेछाप ।
जिल्ला अस्पताल रामेछापले अस्पतालमै अक्सिजन प्लान्ट स्थापना गर्नको लागि बागमती प्रदेश सरकारसँग बजेटको माग गरेको छ । अस्पताले रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएकाले अक्सिनजको अभाव हुन सक्ने भन्दै अक्सिजन ल्लान्ट राख्ने निर्णय गरेको हो ।

जिल्ला अस्पताल रामेछापमा कोरोना महामारी लगायत दमका अक्सिजन चाहिने बिरामीहरुको संख्या अत्याधिक आउने र अक्सिजन भर्न काठमाडौंसम्म लैजानु पर्ने बाँध्यता रहेको छ । जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनले अहिलेकै अवस्थामा संक्रमित बढेको अवस्थामा अक्सिनजको व्यवस्थापन गर्न कठिन हुने भएकाले अस्पतालमै अक्सिनज प्लान्ट स्थापना गर्ने निर्णय गरेर बागमती प्रदेशसँग माग गरिएको रामेछाप न्युजलाई बताए ।

उनले अहिले अक्सिजन प्लान्ट स्थापना गर्न सकेको अवस्थामा जिल्लाको साथै छिमेकी जिल्ला दोलखा, ओखलढुंगा र सोलुखुम्बुको लागि मसेत सहज हुने बताए । अध्यक्ष पाख्रिनले भने,‘अक्सिजन प्लान्ट राख्नको लागि अस्पतालसँग पर्याप्त जग्गा छ, हामीले तत्काल अक्सिजन प्लान्ट स्थापना गर्नको लागि बामगती प्रदेशको सामाजिक विकास मन्त्रालयसँग माग गरेका छौं ।’ केही दिन अघि जिल्ला अस्पताल सञ्चालक समितिको बैठकले सो निर्णय गरेर प्रदेश सरकारलाई पठाएको छ । पाख्रिनका अनुसार अक्सिजन प्लान्ट स्थापना गर्न डेढ करोडदेखि २ करोड रुपैयाँसम्म खर्च लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्