रामेछापको आठ वटै स्थानीय तहमा लकडाउन गर्ने निर्णय, के खुल्ने के नखुल्ने ? (सूचनासहित)



२९ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले आठ वटै स्थानीय तहमा लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि तीन वटा स्थानीय तहबाट बढाएर सबै स्थानीय तहमा लकडाउन गर्ने निर्णय गरेको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूद्धारा जारी गरिएको विज्ञप्तीमा जिल्लामा कोरोना संक्रमितको संख्या बढेकाले सबै स्थानीय तहमा निषेधआज्ञा जारी गर्ने निर्णय भएको बताएको छ । भोली विहिवार राती १२ बजेदेखि लागु हुने गरी जिल्लाभर निशेधाज्ञा हुने जिप्रकाले बताएको छ ।

जिल्लामा यसअघि मन्थली नगरपालिका, रामेछाप नगरपालिका र गोकुलगंगा गाउँपालिका मात्र लकडाउन गरिएको थियो । तर संक्रमित बढेसँगै सबै स्थानीय तहमा लकडाउन गर्ने निर्णय प्रशासनले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्