कोरोना संक्रमणबाट रामेछापका ढुंगेलको मृत्यु



३० वैशाख, काठमाडौं ।
कोरोना संक्रमणबाट रामेछापका थप एक जनाको निधन भएको छ । खाँडादेवी गाउँपालिका–५ पकरवास निवासी करिब ४८ बर्षिय ओम प्रसाद ढुंगलेलको अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो । केही दिन अघि कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा कोरोना भएको पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या भएपछि पाँच दिन अघि काभ्रेको शिर मेमोरियल अस्पताल बनेपामा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्