एमालेद्धारा नेपालसहित चार नेताको कारवाही फुकुवा लिने निर्णय



३० वैशाख, काठमाडौं ।
नेकपा एमालेको स्थायी समिति बैठकले यसअघि कारवाहीमा परेका वरिष्ठ नेता माधव कुमार नेपालसहित चार नेतामाथि गरेको कारवाही फिर्ता लिने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले नेता नेपालसहित भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

पार्टी एकता कायम राख्न त्यस्तो निर्णय गरेको परराष्ट्र मन्त्री एवं पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूका मागका सम्बन्धमा छलफल गर्न अध्यक्ष केपी ओलीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्