बूढानीलकण्ठमा ओली–नेपालबीच निर्णायक वार्ता जारी



३० वैशाख, काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालबीच निर्णायक वार्ता सुरु भएको छ । बूढानीलकण्ठ, चपली हाइटस्थित व्यापारी रामेश्वर थापाको घरमा दुई नेताबीच अहिले संघन वार्ता चरिहेको छ ।

अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच आज निर्णायक वार्ता हुने बताइएको छ । प्रधानमन्त्री ओली जेठ २ को अवस्थामा फर्कन तयार नभएर सामुहिक राजीनामा दिने माधव नेपाल पक्षको तयारी छ । अध्यक्ष अ‍ोलीले आज बिहान बालुवाटारमा स्थायी कमिटीको बैठक राखेर माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको निलम्बनको कारवाही फुकुवाको गरेका थिए ।

केपी ओलीले पार्टीलाई जेठ २ को अवस्थामा फर्काउन तयार नहुने हो भने संसद सचिवालयमा गएर सामुहिक राजीनामा दिने भन्दै नेता नेपालले सबैको राजीनामा पत्र तयारी अवस्थामा राखेको बताइएको छ । ओली–नेपालबीच अहिले भइरहेको वार्तालाई निकै चासोको साथ हेरिएको छ । वार्ता सफल नभए कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्