दोरम्बा गाउँपालिकाका उपाध्यक्ष घिसिङलाई कोरोना संक्रमण



३० वैशाख, रामेछाप ।
दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाइ रुघा खोकी लाग्ने समस्या भएपछि पिसआर परीक्षणको रिपोर्टमा कोरोना संक्रमण देखिएको हो ।

आफूलाई कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि पिसिआर परीक्षण गराउदा संक्रमण पुष्टि भएको उपाध्यक्ष घिसिङले रामेछाप न्युजलाइ बताइन । उनले अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउदै आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई तत्काल पिसिआर परीक्षण गर्न पनि आग्रह गरेकी छिन् । उपाध्यक्ष घिसिङले कोरोना संक्रमितहरुलाई उच्च मनोबलको साथ खानपिनमा ध्यान दिन आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्