ओली आजै पुनः प्रधानमन्त्रीमा नियुक्त हुँदै



३० वैशाख, काठमाडौं ।
संसदमा विश्वास गुमाए पनि विपक्ष दलहरुले संसदमा बहुमत पुर्याउन नकसेपछि आजै राती केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिनको समयमा पनि कांग्रेस, माओवादी केन्द्र र जसपाले बहुमत पुर्याउन नसकेपछि ओली नै प्रधानमन्त्रीमा नियुक्त हुने भएका हुन् ।

राष्ट्रपतिले दिएको समय सकिएको छ । अबको केही समयमै नियुक्तको कार्यक्रम रहेको शिलत निवास स्रोतले बताएको छ । तीन दिनको यो अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले प्रयास गर्दा पनि बहुमत प्रमाणित गर्न नसकेपछि प्रधानमन्त्रीमा दावी गर्न नजाने निष्कर्ष निकालेका थिए ।

आजै  राष्ट्रपतिले संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्ने शीतल निवास स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको सपथग्रहण शुक्रबार हुने र ओलीले सपथग्रहण लगत्तै मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्