प्रधानमन्त्री ओलीको सपथ आज



३१ वैशाख, काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति भण्डारीले तीन दिनको समय तोकेर हिजो बेलुकी ९ बजेसम्मको लािग बहुमतसहित सरकारको नेतृत्व गर्न राजनीतिक दलहरुलाई आग्रह गरेकी थिइन । वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भएपछि अन्ततः संसदको ठूलो दलको हैसियतमा ओली नै प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

कुनै पनि दलले बहुमतको सरकार गठन गर्न दावी नगरेपछि राष्ट्रपतिले ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दललाई सरकार गठनको अवसर दिएकी हुन् । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत दिनुपर्छ, नभए धारा ७६ (५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जानेछ ।

प्रतिक्रिया दिनुहोस्